आइतबार, २ कार्तिक २०८२

आरोगिन हेल्थ केयर सेन्टरमा हिमालयन बैंकका ग्राहकहरुलाई विशेष छुट

समयपोष्ट २०८० असार ७ गते १३:१९

Advertisement

हिमालयन बैंक लिमिटेड र आरोगिन हेल्थ केयर रिसर्च सेन्टरबिच बैंकका ग्राहकहरुलाई उक्त हेल्थ केयर सेन्टरले प्रदान गर्दै आएको विभिन्न सेवा–सुबिधाहरुमा ५ देखि ४५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

काठमाडौँको विशालनगरस्थित सो हेल्थ केयर सेन्टर र बैंकबिच भएको सम्झौता अनुसार उक्त संस्थाले बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुलाई आधुनिक प्रणालीबाट कपाल रोप्न तथा कपाल झर्न कम गर्ने उपचारमा ४५ प्रतिशत सम्मको छुट, छालाको हेरचाहमा ३० प्रतिशत सम्मको छुट, ल्याव सेवाहरुमा २५ प्रतिशत सम्मको छुट, दाँतको हेरचाह वा उपचार प्रक्रियामा २० प्रतिशत सम्मको छुट, दिवा वा २४/७ नर्सिङ्ग केयर सेवामा १५ प्रतिशत सम्मको छुट र फिजियोथेरापीमा ५ प्रतिशतको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंक कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बंैकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन वा निम्न कार्डहरु बाट भुक्तानी गर्न सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री