आइतबार, २ कार्तिक २०८२

बजारमा अधिक तरलता, १० अर्बको रिभर्स रिपो जारी गर्दै राष्ट्र बैंक

समयपोष्ट २०८० असार ७ गते १२:१०

Advertisement

केन्द्रीय बैंकले बजारमा अधिक तरलता देखिएपछि १० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको छ।

राष्ट्र बैंकले बिहीबार रिभर्स रिपो बोलकबोल गरेर १० अर्ब रुपैयाँ प्रणालीबाट फिर्ता लैजान लागेको हो । वाणिज्य बैंकहरुमा निक्षेप निकै बढेको तर कर्जाको माग कम भएपछि यस्तो अवस्था आएको हो।

राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै असार १४ गते परिपक्‍व हुनेगरी १० अर्बको रिभर्स रिपो बोलकबोल गर्ने जनाएको हो।

राष्ट्र बैंकले जारी गर्ने रिभर्स रिपो लिन बैंक तथा वित्तीय संस्थाहरूले बिहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ मार्फत आवेदन गर्न सक्नेछन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री