कामना सेवा विकास बैंकको बोनस सेयर सूचीकृत
समयपोष्ट
२०८० असार ६ गते २१:४७

नेप्सेमा कामना सेवा विकास बैंकको १३ लाख ८५ हजार ८७६.४६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ४.४१ % बोनस सेयर सूचीकृत भएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
काठमाडौं– ३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न स्थानहरुमा १३४ वटा शाखा, १ विस्तारित शाखा र २१ शाखा रहित बैंकिङ सेवा तथा ७६ वटा ब्त्ः मार्फत ग्राहक महानुभावहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले एबीबीएस, एसएमएस,बैंकिंग,मोवाइल बैंकिंग,सी आस्वालगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।



























प्रतिक्रिया