जंगल भिल्ला रिसोर्टमा हिमालयन बैंकका ग्राहकलाई विशेष छुट
समयपोष्ट
२०८० असार ५ गते ११:१८
हिमालयन बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट प्रा. लिबिच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता अनुसार पटिहानी–२२, भरतपुर, चितवनमा अवस्थित सो रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुलाई १० देखि १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बंैकको ग्राहकले बंैकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।
प्रतिक्रिया