
आज लुम्बिनी सरकारले भूम्या पर्वको अवसरमा तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।
आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको बिहीबार बसेको बैठकले असार १ गते भूम्या पर्वको अवसरमा रुकुम पूर्व, रोल्पा र दाङमा सार्वजनिक बिदा दिएको हो।
मगर समुदायले भूम्या पर्व धुमधाम पूर्वक मनाउने गर्छन्। भूम्या पूजामा खास गरी जमिनको पूजा गरिन्छ। प्राकृतिक विपत्तिबाट जोगिने विश्वासका साथ मनाइने यो पर्वमा पूजा पाठसँगै नाच्ने चलन छ।
वैशाखदेखि भदौको हरेक संक्रान्तिमा भूम्या मनाउने प्रचलन रहेपनि विशेष गरी असार १ गतेलाई प्रमुख अवसरका रुपमा मनाउने गरिन्छ।







प्रतिक्रिया