
प्रभु र महालक्ष्मी लाइफले मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेको छ ।
प्रभु र महालक्ष्मी लाइफले सोमबार नेपाल बीमा प्राधिकरणबाट मर्जरको अन्तिम स्वीकृति प्राप्त गरेको हो ।
प्रभु र महालक्ष्मीको जेठ २६ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जरको प्रस्ताव पारित गरेको थियो।
यससंगै अब कुनै समस्या नआए असार २९ गते प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु हुनेछ ।
यी दुई कम्पनीले गत असार ३० गते एक बराबर एकको स्वाप रेसियोमा मर्जरको लागि प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए। मर्जरको एक वर्षमा एकीकृत कारोबार गर्न लागेका हुन्। यसअघि पटकपटक एकीकृत कारोबार गर्ने भनेपनि एक्चुअरी भ्यालुएसनमा ढिलाइ भएको कम्पनीले जनाएको छ।
मर्जरपछि प्रभु र महालक्ष्मी लाइफमा कार्यरत कर्मचारीहरुलाई थप योग्य र दक्ष बनाइ काममा निरन्तरता दिने भएको छ। साथै कम्पनीले सातै प्रदेशको लागि थप कर्मचारी समेत माग गरेको छ।








प्रतिक्रिया