शुक्रबार, १४ वैशाख २०८१

दोस्रो जीवन पाएको खुसी बोकेर फर्किए कलेजो दाता एवं ग्रहणकर्ता दम्पती

समयपोष्ट २०८० जेठ २७ गते ६:४२

Advertisement

केही महिना अगाडिसम्म जीवन कति दिन होला भन्ने चिन्तामा रहेका बाबुराम विश्वकर्मा दम्पती दोस्रो जीवन पाएको खुसी बोकेर आज घर फर्किएको छ ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११औँ कलेजो प्रत्यारोपण गरिएका बाबुराम विश्वकर्मा कलेजो दान गर्ने आफ्नै श्रीमती आशा सुनार र शल्यक्रिया गरेर सफल उपचार गर्ने चिकित्सकसहितको टोलीसँग खुसी साट्दै आज सकुशल घर फर्किनुभएको हो ।

कलेजो दाता आशालाई अब श्रीमान्को जीवन यति नै हो कि भन्ने चिन्ताले दिनानुदिन सताएको पीडा आज सफल उपचारपछि घर फर्किंदा सबै पीडा बिर्साएको छ । घर फर्कंदै गर्नुभएका विश्वकर्मा आफ्नै कलेजो दान गरेर आफूलाई दोस्रो जीवन दिने श्रीमती आफ्ना लागि जीवनदाता भएको बताउनुहुन्छ ।

केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपण सर्जन डा पुकारचन्द्र श्रेष्ठले कलेजो प्रत्यारोपित गर्नुभएका विश्वकर्मा र कलेजोदाता सुनार दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको बताउनुभयो ।

द्याङ जिल्लाका ४२ वर्षीय बाबुराम विश्वकर्मालाई उहाँकै ३७ वर्षीया श्रीमती आशा सुनारले आधा कलेजो दान गरेर दोस्रो जीवन दिनुभएको उहाँले बताउनुभयो ।

कलेजो ग्रहणकर्ता विश्वकर्मा र कलेजो दाता सुनारले आफ्नै देशको अस्पतालमा यति ठूलो सेवा लिन पाउँदा अत्यन्त खुशी भएको बताउनुभयो ।

देशमै पहिलो पटक कलेजो प्रत्यारोपण, मस्तिष्क मृत्युबाट हुने मिर्गौला तथा कलेजो प्रत्यारोपणको शुरुआत गर्नका साथै केन्द्र स्थापनाको छोटो अवधिमै अङ्गदान र प्रत्यारोपण क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गरेको केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले बताउनुभयो ।

उहाँले अङ्गदान तथा प्रत्यारोपणमा विश्वको धेरै अङ्ग प्रत्यारोपण गर्ने देशमध्ये नेपाल ९९ प्रतिशतभन्दा बढी सफलताका साथ मृगौला प्रत्यारोपण गर्ने देशका रूपमा स्थापित हुन सफल भएको बताउनुभयो । केन्द्रले स्थापना भएको १० वर्षको अवधिमा एक हजार ७० जनाको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री