विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि, दश महिनामा भित्रियो १० खर्ब रेमिटेन्स

चालू आर्थिक वर्षको वैशाखसम्ममा १० खर्ब रुपैयाँ बढी विप्रेषण आप्रवाह (रेमिट्यान्स) भित्रिएको छ।

Advertisement

नेपाल राष्ट्र बैंकले शुक्रवार चालु आर्थिक वर्षको १० महिनाको वित्तिय विवरण सार्वजनिक गर्दै गत आर्थिक वर्षको बैशाखको तुलनामा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको जनाएको हो ।

चालू आर्थिक वर्षको १० महिनामा १० खर्ब ५ अर्ब १५ करोड रुपैयाँ भित्रिएको विवरणमा उल्लेख छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह ०.५ प्रतिशतले बढेको थियो । बैंकका अनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १३.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ७० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.२ प्रतिशतले घटेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री