तापक्रम बढ्दै, तराईमा तातो हावा र लू

हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। देशको तराईका केही भू-भागहरुमा तातो हावा र लू चलिरहेको छ तथा देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिन्छ।

Advertisement

आज सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

भोलि देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन र चट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री