
नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाको काठमाडौं जिल्ला अदालतमा प्रतिवादीहरुको बयान लिने क्रम जारी छ ।
यसैबिच पक्राउ पुर्जी जारी भएपछि फरार भएका प्रतिवादी हरिभक्त महर्जन काठमाडौं जिल्ला अदालतमा हाजिर भएका छन् ।
ललितपुर निवासी महर्जन बिहीबार काठमाडौं जिल्ला अदालतमा आफैँ उपस्थित भएका हुन् । महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनकी पत्नी लक्ष्मी महर्जनलाई सोही प्रकरणमा पक्राउ परिसकेकी छन् ।
प्रहरीले अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति लिएर महर्जनविरुद्ध आवश्यक कारवाही प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ ।








प्रतिक्रिया