शुक्रबार, १४ वैशाख २०८१

मन्त्रालयबाट निस्कदा झाँक्रीले यसकारण झारेकी रहिछन् आँशु

समयपोष्ट २०७९ असार १३ गते २०:४१

Advertisement

निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आज सामाजिक सञ्जालमा आफ्नो रुवाइबारे प्रष्टीकरण दिएकी छन् ।

कार्यक्रममा मन्त्रालयका सचिवले आफूलाई विभिन्न कामको क्रेडिट दिएपछि आफू भावुक बनेको उनको भनाइ छ ।

‘मान्छेका केही लुकाउने नसक्ने कमजोरी हुने रहेछन्,’ झाँक्रीले ट्विटरमा लेखेकी छन्, ‘जब मेरो मन्त्रालयका निमित्त सचिवले बिदाइ कार्यक्रममा मैले गरेका कामको फेहरिस्त सार्वजनिक गर्दै हुनुहुन्थ्यो, आफ्नो बारे आफ्नै अगाडि यसरी क्रेडिट दिँदा भावविव्हल बनेँ ।’

उनी थप्छिन्, ‘मैले त्यस बेला आफूलाई सम्हाल्न सकिनँ, सबैसँग क्षमा चाहन्छु ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री