शुक्रबार, ७ वैशाख २०८१

भरतपुर विमानस्थलको टावर नजिकै आगलागी, उडान नरोकिने

समयपोष्ट २०७९ असार १२ गते ११:१५

Advertisement

भरतपुर विमानस्थलको टावरनजिकै आज बिहान आगो लागेको छ।

बिहान पौने ४ बजेको समयमा टावरनजिक बिजुलीको तार सर्ट भएर एक्कासी आगो लागेको थियो।

आगो १० मिनेटमै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए। आगलागीबाट टावरमा कुनै नोक्सानी नभएका कारण विमान उडान र अवतरणमा कुनै बाधा नहुने अधिकारीले बताए।

उनका अनुसार बिजुलीको तार, इन्टरनेटको तार र टेलिफोनको तारमा क्षति पुगे पनि विमानस्थलको टावरमा कुनै क्षति नभएको र सेवा सञ्चालन हुने उनको भनाइ छ।

आगो छोटो समयमै नियन्त्रणमा लिइएकाले थप क्षति हुनबाट जोगिएको सूचना अधिकारी अधिकारीको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री