
नेकपा एमालेका नेता योगेश भट्टराईले माधव नेपाल नेतृत्वको एकिकृत समाजवादी पार्टीभित्र उत्पन्न विवादलाई लिएर प्रतिक्रिया दिएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता भट्टराईले नेकपा एसको अहिलेको अवस्था देख्दा आफूले पार्टी विभाजन नगर्न माधव नेपाललाई अनुनयविनय गरेको उनले सम्झिएका छन् ।
उनले लेखेका छन्, ‘एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिष्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि वहाँले नमाने पछि कुनैदिन परिस्थिती तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ ।’ त्यतिबेला आफूहरूले चिनेका खेलाडी माधव नेपाल र झलनाथ खनालले विस्तारै चिन्दै जाने भट्टराईले उल्लेख गरेका छन् ।
‘आत्मबोध र पश्चाताप : सिर्फ कहिले ?’ उनले प्रश्न गरेका छन् ।







प्रतिक्रिया