बिहीबार, १५ चैत २०८०

आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यासब्याकसंगै अतिरिक्त ३०० रुपैयाँ छुट

समयपोष्ट २०७९ असार ८ गते १७:१७

Advertisement

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्वद्धित “आइएमई पे”ले हवाई उडान टिकटमा फेरि पनि नयाँ अफर ल्याएको छ ।

“उच्च तापक्रममा उच्चतम छुट” नामक “फ्ल्यास सेल” अफर मार्फत यात्रुहरुले मंगलवार र शनिवारको दिन दिउँसोको ३ बजे देखि ४ बजे सम्म आइएमई पे एपबाट हवाई उडान टिकट काट्दा दैनिक हाइएस्ट क्यास ब्याकको साथै थप रु. ३०० बोनस प्राप्त हुँने कम्पनीले जनाएको छ ।

साधारणतया अरु वालेट एपहरु भन्दा बढी क्यासब्याक दिइरहेको आइएमई पे एपले अफर अवधिभर हप्ताको २ दिन ( मंगलवार र शनिवार ) केवल १ घण्टाको लागि सो अफर मार्फत थप रु. ३०० बोनस यात्रुहरुलाई प्रदान गर्ने कम्पनीले प्रष्टाएको छ ।

असार ७ गते देखि शुरु भएको यस अफर मार्फत नेपालको कुनै पनि आन्तरिक हवाई उडान सेवामा सो बोनस प्राप्त गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री