बिहीबार, १३ वैशाख २०८१

बालेनले गरे चुनावमा भएको खर्च विवरण सार्वजनिक, कुन शीर्षकमा कति गरे खर्च (तालिकासहित)

समयपोष्ट २०७९ असार ६ गते २१:०८

Advertisement

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले चुनावी अभियानमा भएको खर्च विवरण सार्वजनिक गरेका छन् ।

सोमवार बेलुका आफ्नो फेसबुक पेजबाट सार्वजनिक गरेको विवरणमा उनले तीन लाख चौरनब्बे हजार चार सय उननब्बे रुपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

‘खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो तर विभिन्न कारणहरुले सो ढिलो भएकोमा माफी चाहन्छौँ । हाम्रो चुनावी अभियानमा जम्मा खर्च तीन लाख चौरनब्बे हजार चार सय उननब्बे रुपैयाँ (रु. ३,९४,४८९ /-) भएको छ । जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढि भएको थियो ।’ मेयर शाहले भनेका छन् – ‘मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ । यसमा सबैको ध्यान जान जरुरी छ ।’

‘र, भन्नै पर्ने कुरा छ – एउटा उम्मेदवारका रुपमा हामीले जुन साथ र विश्वास पायौँ, त्यसलाई संसारको सबै भन्दा शक्तिशाली कम्प्युटरले जस्तो सुकै तालिकामा कुनै पनि संख्या राखेर देखाउन सक्दैन । त्यो अमुल्य साथ र विश्वासले दिएको जिम्मेवारी पुरा गराउँन हामी हरसमय खटिरहनेछौँ’- उनले भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री