शनिबार, ८ वैशाख २०८१

लेक्ट्रो ब्राण्डको इलेक्ट्रीक साइकल बजारमा, कति पर्छ मुल्य ?

समयपोष्ट २०७९ असार ६ गते ९:१८

Advertisement

निम्बस समूह अन्तर्गतको निम्बस इन्टरनेशनल को. प्रालिले इलेक्ट्रीक साइकल ब्राण्ड लेक्ट्रो नेपाल भित्राएको छ ।

कम्पनीले भारतीय ब्राण्ड लेक्ट्रो ब्राण्ले उत्पादन गरेका विभिन्न ९ मोडल नेपाल भित्राएको हो ।

कम्पनीले भित्राएको सी-३ मोडलको मूल्य ७५ हजार ९०० रुपैयाँ, सी-५ मोडलको ८० हजार ९००, सी-६ मोडलको ९० हजार ९००, सी-७ मोडलको ९० हजार ९०० र सी-७ प्लसको ९५ हजार ९०० रुपैयाँ तोकिएको छ ।

कम्पनीले सी-८ मोडलको ९५ हजार ९००, सी-८ आई मोडलको १ लाख ४ हजार ९००, सि-९ मोडलको १ लाख २२ हजार ९०० रुपैयाँ र एफ-६ आई मोडलको १ लाख ३९ हजार ९०० रुपैयाँ तोकिएको छ ।

कम्पनीले नेपाल भित्र्याएका यी साइकलहरुमा २५० वाटको लिथियम आयन ब्याट्री रहेको छ । यी साइकलहरु एक पटकको फुलचार्जमा ३० देखि ६० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ । साथै, प्याडल गरेर पनि यी साइकल चलाउन सकिन्छ ।

कम्पनीले ललितपुरको पुल्चोकमा शोरुम स्थापना गरेर विक्री सुरु गर्ने तयारी गरेको जनाएको छ । नेपालमा कृषिजन्य उद्योग संचालन गर्दै आएको निम्बस समूहको इलेक्ट्रीक मोविलिटीमा प्रवेशको विषयमा कम्पनीका प्रबन्ध निर्देशक आनन्द बगरिया भन्छन्, ‘नयाँ टेक्नोलोजी आत्मसात गर्नकै लागि हामीले इलेक्ट्रीक साइकल नेपाल ल्याएका हौं । यसलाई सहरी क्षेत्रको यातायातको रुपमा विकास गर्ने हाम्रो लक्ष्य हो ।’

लेक्ट्रो भारतमा लोकप्रीय इलेक्ट्रीक साइकल ब्राण्ड हो । यसमा हिरो ग्रुपको समेत लगानी रहेको छ भने, हिरो लेक्ट्रो ब्राण्डको सीइओमा आदित्य मुन्जाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री