शुक्रबार, ७ वैशाख २०८१

चेरीको फ्ल्यागसिप मोडल ‘टिग्गो ८ प्रो’ नेपाली बजारमा, यस्ता छन् विशेषता

समयपोष्ट २०७९ असार ३ गते १६:५९

Advertisement

चेरी कारको लागि नेपालको एक मात्र आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले चेरी ब्रान्डको फ्ल्यागसिप मोडल ‘टिग्गो ८ प्रो’ नेपाली बजारमा भित्राएको छ ।

चेरी ‘टिग्गो ८ प्रो’ मा चेरीको टेक्नोलोजी प्रयोग भएको छ । यो १.६ टिजिडिआई र ७ डिसिटिको संयोजनले भरिएको छ ।

क्याटागोरीको शीर्ष १० मा ‘टिग्गो ८ प्रो’ समावेश रहेको छ । फुल एलईडी लक्जरी लाइटिङ्ग सेट र विशेष लक्जरियस लेदर सिटहरू स्ट्यान्डर्डको रूपमा सो गाडी उपलब्ध छन् । टिग्गो ८ प्रो’ को पावर १.६ लिटर टर्बोचाज्र्ड ग्यासोलिन डिरेक्ट इन्जेक्सन इन्जिन, जसलाई सुपर पावर फुल ‘चाइना हार्ट’ इन्जिन भनिन्छ । जिइटिआरएजिको ७–स्पिड डुअल–क्लच ट्रान्समिसनले सुसज्जित छ । विशेष गरी, १.६ टिजिडिआइलाई २०१९ मा ‘चाइना हार्ट’ १० उत्कृष्ट इन्जिनहरू मध्ये सूचीबद्ध गरिएको छ । जसको अधिकतम पावर १४५ किलोवाट छ, भने २९० एनएमको पिक टर्क छ ।

एरो इन्जिन टेक्नोलोजी र स्मार्ट कम्बस्सन सिस्टम, इन्टेलिजेन्ट स्टार्ट–स्टप प्रकार्यको साथ १.६ टिजिडिआइ इन्जिन उत्कृष्ट एक्सेलेरेशन रहेको छ । अल्ट्रा–लो इन्धन खपत ल्याउन ७ डिसिटिसँग पूर्ण रूपमा मेल खान्छ ।

यसले चेरी ‘टिग्गो ८ प्रो’ लाई ८.९ सेकेन्डमा १०० किलोवाटको गति बढाउन क्षमता दिन्छ । इन्धन खपत १.६ टिजिडिआइ इन्जिनको लागि प्रति १०० किलोमिटर ६.८ एल कम गर्छ ।

‘टिग्गो ८ प्रो’ को लम्बाई, चौडाइ र उचाइ क्रमशः ४७२२ इस्टार १८६० इस्टार १७४५ मिलिमिटर छ । चेरी ‘टिग्गो ८ प्रो’ पारिवारिक शैलीमा नयाँ पुस्ताको ‘पिक ग्रिल’ डिजाइन अवधारणामा आधारित छ ।

यसमा भएको इन्टिग्रेटेड डाइनामिक टर्निङ सिग्नल सहितको फुल एलईडी हेडल्याम्प र म्याट्रिक्स डायमण्ड जस्तो फ्रन्ट ग्रिल डिजाइनले एक अद्वितीय, त्रि–आयामिक र हार्ड–एन्ड भिजुअल इफेक्टको प्रतिनिधित्व गर्दछ ।

यसका साथै टायर प्रेसर मोनिटरिङ सिस्टम, १८ इन्चको अलोय ह्विल, मेमोरी इनेबल मिरर, स्टाइलिस एलईडी ब्रेक लाइट र सिक्वेन्सियल टर्न सिग्नल सहितको एलईडी टेलल्याम्पले कलात्मक सुन्दरता र उच्च प्रविधिको साथ फ्ल्यागशिप दृश्य अनुभवलाई पुनः आकार प्रदान गर्छ ।

यसमा १९६ मिलिमिटरको प्रभावशाली ग्राउन्ड क्लियरेन्स छ जसले यसलाई सबै भू–भागका लागि उपयुक्त बनाउँछ ।

चेरी ‘टिग्गो ८ प्रो’ को इन्टेरियर लक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपिट डिजाइनमा आधारित छ । जसमा सोनी साउन्ड सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, क्रुज कन्ट्रोल जस्ता अत्याधुनिक प्रविधिको प्रयोग औलाको टुप्पाबाटै गर्न सकिन्छ भने इन्टेलिजेन्ट भ्वाइस कमान्ड र मल्टी फङसनल स्टेयरिङ ह्विलको समेत प्रयोग गर्न सकिन्छ ।

सो गाडी इन्टेरियर लक्जरियस्ली डेकोरेटिभ टेरेस्ट्रियल फ्लाइट ककपिट डिजाइनमा आधारित छ । जसमा सोनी साउन्ड सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, क्रुज कन्ट्रोल जस्ता अत्याधुनिक प्रविधिको प्रयोग औलाको टुप्पाबाटै गर्न सकिन्छ ।

यो कार रोल्यान्ड पर्पल, कार्बन क्रिस्टल ब्ल्याक, राइन ब्लु, न्यु खाकी ह्वाइट, सेलाडन ग्रे र ज्वेल रेड गरी विभिन्न ६ कलरमा उपलब्ध रहेको छ । कम्पनीले ‘टिग्गो ८ प्रो’ फ्ल्यागसिप मोडलको मूल्य ९९ लाख ५० हजार रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री