सोमबार, २४ वैशाख २०८१

३१ लाख कित्ता सेयर निश्कासन गर्न पिपुल्स पावरलाई अनुमति

समयपोष्ट २०७९ जेठ ३० गते १६:२४

Advertisement

नेपाल धितोपत्र बोर्डले पिपुल्स पावर लिमिटेडलाई सर्वासाधारणको लागि ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता प्राथमिक शेयर निष्काशन गर्न अनुमति दिएको छ ।

बोर्डको अनुमति पाएसंगै अब कम्पनीले आयोजना प्रभावित र सर्वसाधारणको लागि ३१ लाख कित्ता शेयर निष्काशन गर्नेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ३२ करोड २६ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई हाल कायम ३१ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ६३ करोड २६ लाख रुपैयाँ पुग्नेछ ।

आईपीओ निष्काशन पश्चात कम्पनीको शेयर स्वामित्व संस्थापकको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत कायम हुनेछ ।

Advertisement

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री