सोमबार, २४ वैशाख २०८१

अब सातामा ६ दिन नै सेयर कारोबार

समयपोष्ट २०७९ जेठ ३० गते १३:२१

Advertisement

अब शुक्रबार पनि सेयर कारोबार हुने भएको छ ।

सोमबार बसेको नेप्से सञ्चालक समिति बैठकले सातामा ६ दिन नै कारोबार गर्ने निर्णय गरेको हो।

अब आइतबारदेखि बिहीबारसम्म पहिले जस्तै बिहान ११ बजेबाट ३ बजेसम्म सेयर कारोबार हुनेछ । शुक्रबार बिहान ११ बाट दिउँसाे १ बजेसम्म मात्रै सेयर कारोबार हुने छ । विश्वका अन्य देशमा साताको ५ दिनमात्रै सेयर कारोबार हुने गरेको छ । तर, नेपालमा आगामी असारदेखि सातामा ६ दिन सुरु हुने भएको हो ।

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे लगत्तै नेप्सेले शुक्रवार समेत कारोबार गराउँदै आएको थियो। यस अघि शुक्रवार शेयर कारोबार हुने गरेको थिएन। सरकारले पुनः आइतबारको बिदा दिने निर्णयलाई खारेज गरेपछि नेप्सेले आइतबारको कारोबारलाई नियमित गर्दै शुक्रवारको कारोबारलाई भने आधा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ। ब्रोकर एसोसिएसन र लगानीकर्ताले हप्तामा ६ दिन नै कारोबार हुनु पर्ने माग गरेका कारण नेप्सेले ६ दिनलाई नै निरन्तरता दिएको हो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री