शनिबार, १५ वैशाख २०८१

सुविधा सम्पन्न ट्रायल सेन्टर सञ्चालनमा

समयपोष्ट २०७९ जेठ २४ गते १५:४७

Advertisement

भरतपुर महानगरपालिका–८ स्थित तीनतले चोकमा सुविधा सम्पन्न सवारी चालक प्रशिक्षण केन्द्र निर्माण गरिएको छ । दुई बिघा तीन कट्ठा जग्गामा प्रशिक्षण केन्द्र निर्माण गरिएको हो ।

महालक्ष्मी ट्रायल सेन्टर प्रालिले आज केन्द्र परिसरमा पत्रकार सम्मेलन गरी त्यहाँका सुविधाका बारेमा जानकारी गराएको हो । चितवनका पाँचसहित १५ युवा व्यवसायीले जग्गा भाडामा लिएर केन्द्र स्थापना गरेकोे प्रालिका अध्यक्ष डम्बर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार रु आठ करोड लगानीमा केन्द्र सञ्चालनमा ल्याइएको र यो देशकै सबैभन्दा ठूलो सवारी चालक प्रशिक्षक केन्द्र हो ।

मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, मझौला सवारी, भारी सवारी साधन, ट्र्याक्टरका साथै हेभी इक्युपमेन्टहरु र दक्ष प्रशिक्षकद्वारा सिकाइने सो सेन्टरमा दैनिक एक हजारलाई प्रशिक्षण दिन सक्ने क्षमता रहेको छ । केन्द्रमा यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्र लिन लिइने प्रयोगात्मक तथा लिखित परीक्षाका लागि दैनिक एक हजार ५००को परीक्षा लिन सक्ने क्षमता रहेको उहाँको भनाइ थियो । उक्त केन्द्रमा १५ कार, जिप, ५० मोटरसाइकल, २५ स्कुटर प्रशिक्षणका लागि व्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

टाढाबाट आउने प्रशिक्षार्थीहरुका लागि आवासीय व्यवस्था रहेको सो केन्द्रमा अपाङ्ग मैत्री शौचालय, अपाङ्ग मैत्री भवन, पार्किङको उचित व्यवस्था छ । एक पटकमा ७०० सवारी साधन पार्किङ गर्न मिल्ने उहाँले बताउनुभयो । सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ को मापदण्डअनुसार केन्द्र निर्माण गरिएको हो । केन्द्रका सञ्चालक आर्किटेक्ट इञ्जिनियर सुजन नेपालले दैनिक तीन हजार जनाले ट्रायल परीक्षा दिन मिल्ने गरी प्रशिक्षण केन्द्र बनेको बताउनुभयो । उहाँका अनुसार चार वटा ¥याम, एट सेप, एल
ब्याक, युटर्न पाँच–पाँचवटा छन् । यस्तै हम्प तीनवटा, ट्राफिक लाइट चार सेटलगायत संरचना बनाइएको यञ्जिनियर नेपालले बताउनुभयो । प्रशिक्षण केन्द्र असार पहिलो सातादेखि सञ्चालन आउने जनाइएको छ । चितवनमा ३० भन्दा बढी ड्राइभिङ केन्द्र छन् । पूर्वपश्चिम राजमार्गबाट करिब एक किलोमिटरभित्र प्रशिक्षण केन्द्र रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री