मंगलबार, ४ कार्तिक २०८२

बच्चाको खुट्टा भाँच्ने धम्की दिन्थिन् अभिनेत्री पायल, आज यसकारण पक्राउ परिन्

समयपोष्ट २०७८ असार ११ गते १७:१०

Advertisement

बलिउड अभिनेत्री पायल रोहतगी पक्राउ परेकी छन् ।

अहमदावाद पुलिसले उनलाई शुक्रबार पक्राउ गरेको हो । सोसाइटीका अध्यक्षसँग विवादपछि सामाजिक सञ्जालमा अश्लिल शब्दको प्रयोग गरेर पोष्ट गरेको आरोप उनलाई पक्राउ गरिएको हो । उक्त पोष्ट उनले पछि डिलिट समेत गर्दिएकी थिइन् । उनलाई सोसाइटीको अध्यक्षलाई ज्यान मार्ने धम्की दिएको र सोसाइटीका मानिससँग झगडा गरेको आरोप समेत लागेको छ ।

सोसाइटीका अध्यक्ष र त्यहाँका मानिसको उजुरी पछि अहमदावाद स्याटलाइट पुलिसले उनलाई गिरफ्तार गरेको हो । ‘२० जुनमा सोसाइटीमा एक मिटिङ भएको थियो । उनी मिटिङको सदस्य थिइन् । तै पनि उनी मिटिङमा सहभागी भएर बोल्न थालिन् । सोही कारणले अध्यक्षले उनलाई सम्झाएका थिए । त्यसैमा उनले अध्यक्षलाई गाली गर्न थालिन्’ उजुरीमा भनिएको छ ।

उनले आफ्नो रिस सोमल मिडियामा समेत उतारैकी थिइन् । जसमा अध्यक्षको नाम लिएर अश्लील भाषाको पनि प्रयोग गरेकी थिइन् । उनले अध्यक्षलाई सोसाइटीको गुन्डा समेत बताएकी थिइन् । तर केही कमेन्ट आएपछि उनले सबै पोष्ट डिलिट गरेकी थिइन् ।

Advertisement

सोसाइटीका एक सदस्य तथा पेशाले डाक्टर जयशले पायलको क्रियाकलाप सभ्य नभएको, सानोसानो कुरामा अरुसँग झगडा गर्ने, सोसाइटीका बच्चालाई खुट्टा भाच्ने धक्की दिने समेत गरेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री