शुक्रबार, १४ वैशाख २०८१

जीएसएम मोबाइल सेवामा आएको समस्या दुई घण्टामै समाधन

समयपोष्ट २०७८ असार ९ गते १८:१५

Advertisement

नेपाल टेलिकमले जीएसएम मोबाइल सेवामा आएको समस्या दुई घण्टामै समाधन गरेको छ ।

आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको थियो । टेलिकमले सोको जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे (२ घण्टा मैं) सिस्टमलाई सुचारु गर्न सफल भएको जनाएको छ ।

सो अवधिमा जीएसएम मोबाइलको टुजी, थ्रीजी र फोरजी प्रविधिको डाटा सेवामा समस्या नदेखिएको, कम्पनीले हालै सञ्चालनमा ल्याएको भीओएलटीईमा समस्या नआएको र जीएसएम मोबाइलका केही फिचर फोनमा समस्या नदेखिएको टेलिकमले जनाएको छ ।

मुख्यतः स्मार्ट फोन सेटहरुमा भ्वाइस सेवा अवरुद्ध हुन गएकोले समस्याको गहन विश्लेषण गर्ने कार्यलाई निरन्तरता दिइएको टेलिकमको भनाइ छ । कम्पनीका सेवाहरु अवरुद्ध हुन नदिन प्रिभेन्टिभ मेन्टिनेन्सका कार्यहरु गर्ने गरिएको भएतापनि समस्या आइ हालेमा न्यूनतम समयमा सेवा सुचारु गर्न कम्पनी सधैं तत्पर रहिरहने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री