बिहीबार, १३ वैशाख २०८१

प्राथमिक शेयर निष्काशनका लागि रिलायबल नेपाल लाइफले पायो ‘ट्रिपल बि’ रेटिङ

समयपोष्ट २०७८ असार ६ गते १९:३३

Advertisement

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि ‘केयर एनपि ट्रिपल बि’ रेटिङ प्राप्त गरेको छ ।

केयर रेटिङ नेपालले गरेको इस्युअर रेटिङ अनुसार सुरक्षाको संकेत प्रदान गर्ने ट्रिपल बि रेटिङ पाएको कम्पनीले जनाएको छ । यो रेटिङ नयाँ आएका जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा राम्रो रेटिङ हो ।

कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने तयारी गरेको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सिभिल क्यापिटललाई नियुक्त गरेको छ ।

असार ४ गते सम्पन्न तेस्रो वार्षिक साधारणसभाले प्राथमिक शेयर निष्काशनको विशेष प्रस्ताव पनि पारित गरिसकेको छ । साधारणसभा सम्पन्न भएसँगै कम्पनीले नेपाल धितोपत्र बोर्डमा प्राथमिक शेयर निष्काशनका लागि आवस्यक प्रकृयाँ अगाडी बढाउने जानकारी दिएको छ । कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि २०७५/७६ को लेखापरिक्षण प्रतिवेदन तयार पार्नु पर्ने थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री