बिहीबार, १३ वैशाख २०८१

माओवादी केन्द्र अर्घाखाँचीद्धारा स्वास्थ सामाग्री हस्तान्तरण

समयपोष्ट २०७८ असार ६ गते १८:१४

Advertisement

अशोक खनाल
माओवादी केन्द्र अर्घाखाँचीले स्वास्थ,सञ्चार तथा सुरक्षा निकायलाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ ।

सोमबार माओवादी केन्द्रले अर्घाखाँची जिल्ला अस्पताल, जिल्ला प्रहरी कार्यलय,शसस्त्र प्रहरी कार्यलय तथा पत्रकार महासंघ अर्घाखाँची शाखालाई स्वास्थ सामाग्री हस्तान्तरण गरेको हो ।

माओवादी केन्द्रका जिल्ला संयोजक ठाकुर कुमार बिकले अस्पतलालका निमित्त कार्यलय प्रमुख डा.अमृत भट्टराईलाई एक थान अक्सिजन कन्सल्टेटर,एण्टिजिन किट,अक्सिमिटर,पिपिइ सेट,स्यानिटाइजर,एन 95 माक्स हस्तान्तरण गरेका हुन् ।

त्यसैगरी आजै संयोजक विकले जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकी लाई N95 माक्स र अक्सिमिटर, शशस्त्र प्रहरी नायब उपरीक्षक रामकृष्ण महर्जनलाई N95 माक्स र अक्सिमिटर तथा नेपाल पत्रकार महासंघ अर्घाखाँचीलाई N95 माक्स र अक्सिमिटर हस्तान्तरण गरेका हुन् ।

स्वास्थ सामाग्री हस्तान्तरण कार्यक्रममा माओवादी केन्द्रका जिल्ला नेताहरु छमकुमारी खनाल, राजेन्द्र भुसाल, भेष बहादुर केसी, विशाल खड्का लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री