शुक्रबार, १६ चैत २०८०

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि, कति जोखिमपूर्ण ?

समयपोष्ट २०७८ असार ३ गते १५:१५

Advertisement

भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ ।

यो भेरियन्ट पहिलो पटक गएको मार्चमा युरोपमा पुष्टि भएको थियो ।

यो भरियन्टको नाम ए वाइ वान (डेल्टा प्लस) राखिएको छ । डेल्टा प्लस भेरियन्ट डेल्टाको म्युटेशन हो । कोरोनाको दोस्रो लहरको समयमा भारतमा डेल्टा भेरियन्टको सङ्क्रमण पुष्टि भएको थियो । यो भेरियन्ट भारतको आन्ध्र प्रदेश, महाराष्ट्र, तेलङ्गनालगायतका ठाउँमा पुष्टि भएको छ ।

डेल्टाबाट नै म्युटेट भएर डेल्टा प्लस बनेको अनुसन्धानकर्ताहरुले बताएका छन् । तर, अहिलेसम्म यसको सङ्क्रमण त्यति जोखिमपूर्ण नदेखिएको वैज्ञानिकहरुको भनाइ छ । यो भेरियन्टबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री