बुधबार, १२ वैशाख २०८१

कोभिसिल्ड लगाएपछि शरीरमा टाँसिन थाल्यो फलामे वस्तु

समयपोष्ट २०७८ जेठ २७ गते २२:३७

Advertisement

कोरोना भाइरसविरुद्धको दोस्रो डोज खोप (कोभिसिल्ड) लगाएपछि भारतमा एक ब्यक्तिको शरीरमा चुम्बकीय शक्ति आएको दाबी गरिएको छ ।

भारतको महाराष्ट्र प्रान्तको नासिक जिल्लाका एक बासिन्दाले लगाएपछि शरीरमा चम्चा, स्टिल र फलामका वस्तु तथा सिक्का टाँसिन थालेको दैनिक भाष्करले लेखेको छ ।

यस्तै अर्को घटना सार्वजनिक भएपछि स्वास्थ्यमन्त्री राजेश टोपेले मामिलाको जाँच गर्न आदेश दिएका छन् ।

खबर सुनेर डाक्टरहरू हैरान भएका छन् । अरविन्द सोनारको जाँच गर्न डाक्टरको टोली पुगेको छ ।

पहिले यो पसिनाले टाँसिएको हुन सक्ने बुझिएको थियो । पछि वास्तवमै टाँसिएको पाइए पछि एक कान दुई कान मैदान भएको छ ।

अरविन्द सोनारले दुई जुनका दिन कोभिशिल्डको दोस्रो मात्रा लिएको भाष्करले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री