शुक्रबार, १४ वैशाख २०८१

आमिरको घरमा कोरोना, आईशोलेसनमा परिवार

समयपोष्ट २०७७ असार १६ गते १५:३५

Advertisement

बलिउडका चर्चित अभिनेता आमिर खानको घरमा काम गर्ने स्टाफमा कोरोना संक्रमण पुष्टि भएको छ । अभिनेता खानले सामाजिक सञ्जालमार्फत सो कुराको जानकारी दिए ।

खानले नियमका अनुसार बीएमसीले उनको पूरा भवनलाई स्यानिटाइज गरेको पनि जानकारी दिए । अब उनको आमाको रिपोर्ट आउँन बाँकी रहेको र रिपोर्ट नेगेटिभ आवस् भनेर सबैलाई प्रार्थनाको लागि अनुरोध समेत गरेका छन् ।

खानले आफु र आफ्नो परिवार सुरक्षाका लागि १४ दिनका लागि आइसोलेशन रहने बताएका छन् ।

यसअघि बलिउडका निर्देशक करण जोहर र जान्ह्वी कपुर आइसोलेसनमा बसेका थिए । उनीहरुको घरमा काम गर्नेलाई कोरोना पोजेटिभ पाइए पछि उनीहरु सेल्फ आइसोलेसनमा बसेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री