बुधबार, २६ वैशाख २०८१

असार ७ गतेको सुर्यग्रहणपछि कोरोना महामारी अन्त्य होला ? तथ्यसहित यसो भन्छन् वैज्ञानिक

समयपोष्ट २०७७ असार ४ गते १२:३७

Advertisement

असार ७ गते खण्डग्रास सूर्यग्रहण लाग्दै छ । नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ ।
यस ग्रहणलाई कंगो, इथियोपिया, दक्षिणी सुडान, मस्कट, यमन, ओमान, पाकिस्तानको दक्षिणीभाग, भारतको देहरादून, कुरुक्षेत्र, चीनको तिब्बत, आदि ठाउँहरुवाट वलय सूर्यग्रहण देख्न सकिन्छ भने नेपालबाट खण्डग्रास सूर्यग्रहण देखिने छ । नेपालकै भू–भाग लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रबाट भने सबैभन्दा धेरै ९८ प्रतिशतसम्म सूर्य ढाकिएको देखिन्छ भने काठमाडौँबाट ८८ प्रतिशतसम्म सूर्य ढाकिने छ ।

असार ७ गते लाग्ने सूर्यग्रहण नेपालमा विहान १० बजेर ५५ मिनेटमा सुरु भई अपरान्ह दुई बजेर २४ मिनेटमा समाप्त हुँदैछ । विहानको १२ वजेर ४१ मिनेट जादा सूर्यलाइ हामीहरुले करीव ८८ प्रतिशत ढाकेको देख्नेछौँ भने उक्त समयमा वातावरणीय तापक्रम घटेर चिसो अनुभव सबैले महशुस गर्नेछन् । त्यसदिन दुई पटक विहान भएको पो हि कि भन्ने अनुभव सवैले गर्ने छन् ।

सुर्यग्रहण लागेसंगै कोरोना महामारीबाट मुक्ति पाईने दाबी भारतीय वैज्ञानिकले गरेका छन । सूर्यग्रहण लाग्ने दिन अर्थात जुन २१ मा कोरोना समाप्त हुने भारतीय वैज्ञानिकले दाबी गरेका हुन । कोरोनाको उत्पतीलाई सुर्य ग्रहणसँग जोड्दै वैज्ञानिकले यस्तो दाबी गरेका हुन ।

जुन २१ अर्थात असार ७ गते लाग्ने सुर्य ग्रहणले कोरोनाको प्रभावलाई पूर्ण रुपमा नष्ट गर्ने वैज्ञानिकको दाबी रहेको छ । कोरोनाको उत्पत्ती समेत सुर्य ग्रहणकै प्रभाब स्वरुप भएको वैज्ञानिकको दाबी छ । वैज्ञानिकले कोरोनाको उत्पत्तिलाई २६ डिसेम्बर २०१९को सुर्य ग्रहण सँग जोडेर हेरेका छन ।

Advertisement

चेन्नेइका परमाणु वैज्ञानिक डा.केएल सुंदर कृष्णका अनुसार सुर्य ग्रहणपछि ग्रहहरुको अवस्थिती गडबड भएको र सुर्यको उर्जा बिखण्डण र अन्तर ग्रह बलको प्रभाब स्वरुप बायु मण्डलको उपरी तहबाट कोरोना भाईरस उत्पन्न भएको हो । सुर्य ग्रहणनै यसको प्राकृतिक उपचार हुन सक्ने उनको विश्वाश रहेको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री