शुक्रबार, १६ चैत २०८०

चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक, पहिलो उडान कोलम्बो र माले

समयपोष्ट २०७७ असार १ गते २०:०३

Advertisement

विदेशमा अलपत्र नेपाली फर्काउन हिमालय एयरलाइन्सले उद्धार चार्टर्ड उडानको तालिका र भाडादर सार्वजनिक गरेको छ । नेपालबाट अन्तरराष्ट्रिय उडान भर्ने हिमालय एयरलाइन्सले जुन १६ देखि २० सम्म विदेशमा अलपत्र नेपाली फर्काउन गरिने चार्टर्ड उडानको तालिका सार्वजनिक गरेको हो ।

हिमालयले सार्वजनिक गरेको उडान तालिका अनुसार पहिलो उडान श्रीलङ्काको कोलम्बो र माल्दिभ्सको मालेबाट हुनेछ । यो गन्तब्यमा पहिलो उडानको ३८० डलर तोकिएको छ । कोलम्बोबाट हुने दोस्रो उडानको भाडा ४८० डलर निर्धारण गरिएको छ ।

त्यसैगरी बङ्गलादेशको ढाकाबाट उडान गर्नका लागि १६५ डलर निर्धारण गरिएको छ । युएईको आबुधावीको भाडा ३६५ डलर तोकिएको छ । त्यस्तै साउदी अरेबियाको दमममाबाट ४६५ डलर तोकिएको छ । सिङ्गापुर र मलेसियाको क्वालालम्पुरका लागि ३७२ डलर भाडादर कायम गरिएको हिमालयले विज्ञप्तिमार्फत जनाएको छ ।

सरकारको निर्णयअनुसार कोभिड–१९ महामारीबाट विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश ल्याउने अनुमतिअनुरुप उडान तालिका बनाइएको हिमालयले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई २४ र हिमालय एयरलाइन्सलाई १९ उडान गर्नेगरी अनुमति दिएको थियो । त्यस्तै २४ वटासम्म विदेशी एयरलाइन्सलाई उडान अनुमति दिइएको छ । नेपाल एयरलाइन्सको वाइड बडी जहाजले आइतबार बङ्गलादेशबाट २५८ नेपालीको उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्काएको थियो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री