सोमबार, १७ वैशाख २०८१

बालिकाको टाउको प्रेसर कुकुरमा अड्किएपछि…

समयपोष्ट २०७७ जेठ ३२ गते ७:४८

Advertisement

अभिभावकले सावधानी नअपनाउँदा बालबालिकाहरु कहिलेकाहीँ खेल्दा खेल्दै दुर्घटनाको सिकार बन्ने गर्छन् । भारतको गुजरात राज्यको भावनगर भन्ने स्थानमा यस्तै एक घटना घट्यो । एक बालिका प्रेसर कुकर टाउँकोमा राखेर खेल्दै गर्दा । सो कुकर टाउकोमै अड्कियो ।

टाउको बाहिर निस्किएन । आफन्तले यी बालिकालाई अस्पताल लगे । चिकित्सकले पनि यी बालिकाको टाउकोबाट कुकर निकाल्न सकेनन् ।

त्यसपछि डाक्टरले नजिकै रहेको भाँडा काट्ने पसलेलाई अस्पतालमै बोलाए । बालिकालाई अक्सिजन दिएर भाँडा काटियो ।

४५ मिनेटको समयमा भाँडा काट्ने व्यक्तिले कुकर काटेर बालिकाको टाउकोबाट निकाल्यो । कुकर काट्ने क्रममा बालिकाको टाउकोमा चोट लागेको थियो । चोटका कारण बालिकाको टाउको सुन्निएको छ । अहिले बालिकालाई अस्पतालमा राखिएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री