बुधबार, २६ वैशाख २०८१

के तपाईले सपनामा शारिरिक सम्पर्क गरेको सपना देख्नुभयो ?

समयपोष्ट २०७७ जेठ २५ गते २०:२६

Advertisement

सपनाको आ–आफ्नै एक अलग संसार हुन्छ । संसारका हरेक व्यक्तिले राति वा दिनमा सुतेको बेला सपना अवश्य देख्छन् । सपना धेरै किसिमका हुन्छन । बेला बेलामा हामीले सपनामा शारिरिक सम्पर्क गरेको पनि देख्ने गर्छौ । सपनामा शारिरिक सम्पर्क गरेको देखे के हुन्छ त ?

१ यदि तपाइँले सपनामा आफ्नो पति वा प्रेमीको साथ शारिरिक सम्पर्क गरेको देख्नुभयो भने यसका दुई अर्थ हुन सक्छन् । या त तपाईको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त तपाईले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहनु भएको छैन, जो चाहिरहनु भएको छ । यदि कसैले यस्तो सपना देखेमा आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गर्नुस् र कारण पहिल्याएर समाधानतिर लाग्नुस् ।

२ यदि तपाइँ आफ्नो पूर्व प्रेमीसँग शारिरिक सम्पर्क गरेको सपना देख्नुभयो भने यसको अर्थ हुनसक्छ पूरानो ब्वाइफ्रेन्डसँग तपाईको सम्बन्ध निकै राम्रो थियो । तपाईले देखावटी रुपमा अहिलेको प्रेमीलाई मन पराउन हुन्छ तर पनि अचेतन मनमा पूरानो प्रेमीले नै लोभ्याइरहेको छ भने तपाईले ऊ सँग शारिरिक सम्पर्क गरेको सपना देख्नुहुन्छ । यस्ता सपनाबाट तपाई आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाउनुभएन वा नयाँ प्रेमीसँग पनि खटपटहुनथाल्यो भन्ने प्रष्ट हुन्छ ।

३ यदि तपाइँले कुनै चर्चित हिरोसँग सम्भोग गरेको सपना देख्नुभयो भने यसको मतलब हो तपाइँले आफ्नो प्रेमी वा पतिमा अरु केही कुरा खोजिरहनुभएको छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहनु हुन्छ भने तपाई यस्ता सपना देख्नु हुनेछ ।

Advertisement

४ यदि तपाई कुनै महिलासँग सम्भोग गरेको सपना देख्नुभयो भने यसले तपाइँको मनोविज्ञान र शारिरिक अवस्थाको बारेमा पनि गहिरो अर्थ राख्छ । यस्ता सपना देख्नुभयो भने बुझ्नुहोस् कि तपाइँको यौन पार्टनर पुरुष मात्र हो भन्ने सोचाइ गलत हो । सपना बारम्बार देखियो भने र वास्तविक जिवनमा पनि तपाइँ कुनै स्त्रीसँगै यौन क्रियाकलापकालागि आकषिर्त हुनुभयो भने तपाइँले आफ्नो यौन चरित्र वा प्राथमिकता र यौनिकताको बारेमै पुनर्विचार गर्नुपर्छ। कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने यसको अर्थ यो पनि हुनसक्छ ती महिलाले आफ्नो प्रेमी वा पतिले आफुलाई बढि ख्याल गरोस् भन्ने चाहन्छिन् ।

५ प्रेमीसँगको विछोड भएको सपना देख्नुभयो भने यसको अर्थ हो की तपाइँले आफ्नो प्रेमीसँग संवेगात्मक निकटसम्बन्ध र बढि समय चाहनुभएको छ र त्यो पाइरहनु भएको छैन । सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने बारेमा चिन्तित रहेको बेलामा पनि प्रेमीसँग बिछोडभएको सपना देखिने मनोविज्ञहरु बताउँछन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री