शुक्रबार, १४ वैशाख २०८१

जनता आवासअन्तर्गत कटहरीमा १५ घर शिलान्यास

rss २०७७ जेठ २२ गते ९:०८

Advertisement

मोरङको कटहरीमा जनता आवास कार्यक्रमअन्तर्गत १५ घर निर्माण गरिने भएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गतको रु १५ लाख र जीवन विकास संस्थासँग सहकार्य गरेर घर निर्माण गर्न लागिएको हो ।

प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले कटहरी–२ कदमगाछीमा निर्माण गरिने घरको बुुधबार शिलान्यास गर्नुभयो । मन्त्री घिमिरेले चालू आर्थिक वर्षमा शुरु भएको यस कार्य आगामी आर्थिक वर्षभित्र सकिने बताउनुभयो । कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत र उपाध्यक्ष मञ्जिता सरदारले घरवारविहीनलाई आवासबाट बसोबासमा सहज हुने भन्दै सन्तोष व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री