शुक्रबार, २१ वैशाख २०८१

हेर्नुहोस् पृथ्वीमा कोलाहाल कम हुँदा ६० बर्षपछि देखियो अनौठो र दुर्लभ दृश्य

समयपोष्ट २०७७ जेठ १९ गते ८:५४

Advertisement

अहिले सामाजिक सञ्जालमा केही तस्विरहरु भाइरल छन् ।

विश्व महामारीको रुपमा फैलिएको कोभिड १९ ले गर्दा अहिले संसारनै लकडाउनमा छ । मानिसहरु बाहिर निस्किन पाएका छैनन् । प्रदुुषण कम भएको छ । यस्तोमा प्रकृतीमा अनौठा अनौठा चिजहरु देख्ने अवसर मानिसहरुले प्राप्त गरेका छन् । अन्तराष्ट्रिय मिडियालाई पत्याउने हो भने केही दिनअघि ६० बर्षमा पहिलोपटक अकापुल्कोको समुद्री किनारबाट समुद्री छालहरूसँगै नीलो बत्ती बाहिर निस्किएर आएको देखियो ।

यसको मुख्य कारण समुद्री पानीको प्रदूषण स्तर कम भएर हो ।परिणामस्वरूप समुद्री छालहरूले रंगीन बत्तीहरू उत्सर्जन गरे । यो एक अद्वितीय वैज्ञानिक घटना हो । जसलाई बायोलोमिनेसेन्ट भनिन्छ ।

Advertisement

यसको अर्थ जीवको शरीरबाट प्रकाश निकाल्नु हो । भनिन्छ कि यो घटना गत सोमबारको हो, तर यसको तस्विरहरू अहिले सामाजिक सञ्जालमा भाइरल भएका छन् ।

विज्ञहरूका अनुसार यस्ता घटनाहरू पानीमा सूक्ष्मजीवहरूको जैविक रसायनिक प्रतिक्रियाको कारण मात्र हुन्छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री