शुक्रबार, १४ वैशाख २०८१

जीवनको त्यो क्षणमा पनि खुसी हुन सकिनँ : मिस नेपाल अनुश्का श्रेष्ठसंग अन्तरङ्ग (भिडियो सहित)

समयपोष्ट २०७६ जेठ १७ गते १८:१८

Advertisement

काठमाडौँको टेकू स्थायी घर भएकी अनुश्का श्रेष्ठ बनिन्– २०१९ की मिस नेपाल वल्र्ड । धापासीस्थित त्रियोग हाईस्कुलबाट विद्यालयस्तरको शिक्षा पूरा गरेकी उनी पल्स टु सकाउनेबित्तिकै अष्ट्रेलिया लागेकी थिइन् । सिड्नीको क्याथोलिक युनिभर्सिटीमा स्नातक गरेर उतै बैङ्कको जागिरमा रमाइरहेकी उनलाई सधैँ नेपालमा केही गर्नै पर्छ भन्ने लागिरह्यो । जहाँ पनि जहिले पनि सकारात्मक प्रभाव पारिरहन सकौँ जस्तो लागिरहने उनलाई स्वदेशमा केही गरेर देखाउन मिस नेपालको प्लेटफर्म उपयुक्त लाग्यो । मिस नेपाल प्रतियोगिताकै लागि भनेर स्वदेश फर्किएकी उनले अन्ततः मिस नेपाल वल्र्डको ताज हात पार्न सफल पनि भइन् । उनै श्रेष्ठसँग समयबोधले गरेको अन्तरङ्ग कुराकानी :

एकाएक सेलिब्रेटी हुँदा कस्तो महसुस भएको छ ?

ताज जित्दा एकदम खुसी लाग्यो । गर्भको महसुस भयो । जिम्मेवारी महसुस भयो ।

मिस नेपाल वल्र्ड हुन्छु भन्ने लागेको थियो ?

कतै न कतै आत्मविश्वास त थियो । त्यति पनि नहुने हो भने अहिले यहाँ हुँदैन थिएँ होला । गर्न सक्छु भन्ने आत्मविश्वास थियो र त्यसका लागि मेहनत गर्नुपर्छ भन्ने पनि थाहा थियो र गरेँ पनि ।

जहिले पनि, जहाँ पनि सकारात्मक प्रभाव पारौं भन्ने सोच थियो । त्यसका लागि समयानुसार यो मञ्च उपयुक्त पनि लाग्यो ।

बैङ्कको जागिर छोडेर मिस नेपालमा भाग लिन कसले प्रेरित गर्यो ?

बैङ्कको जागिरभन्दा पनि कतै गइरहेको जीवनलाई छोड्न केही न केही ठोस कारण त चाहिन्थ्यो । जहिले पनि, जहाँ पनि सकारात्मक प्रभाव पारौं भन्ने सोच थियो । त्यसका लागि समयानुसार यो मञ्च उपयुक्त पनि लाग्यो । समय पनि उचित लागेपछि त्यो ठूलो कुरा हुँदाहुँदै पनि निर्णय लिन अलि सहज भयो । किनकि म निकै ठूलो कुराको लागि आइरहेकी थिएँ ।

यहाँसम्म आउन के–कस्ता सङ्घर्ष गर्नुपर्यो ?

काम गर्नुपर्ने क्षेत्रहरू धेरै थिए । यो मिस नेपाल भन्ने प्याजेन्टमा थुप्रै विधाहरूमा सिकाइ हुन्छ । बाहिर सुन्दरता, बौद्धिकता परीक्षण, लवाइ–खवाई हिँडाइदेखि थुप्रै विषयमा जानकारी हुनुपर्छ । ती सबै विषयवस्तुको लागि समय व्यवस्थापन गर्दै लैजानु ठूलो चुनौती थियो । त्यसलाई राम्ररी नै वहन गरेँ जस्तो पनि लाग्छ ।

 

म यहाँ किन छु भन्ने प्रष्ट हुनुपर्ने रहेछ । साथै, जतिसुकै प्रेसर आउँदा पनि सकारात्मक सोच बनाइराख्न सक्नुपर्ने रहेछ ।

मिस नेपाल हुन के चाहिँदो रहेछ, शारीरिक सौन्दर्यता वा बौद्धिक सौन्दर्यता ?

मिस नेपाल हुनका लागि बुझाइ चाहिँदो रहेछ । म यहाँ किन छु भन्ने प्रष्ट हुनुपर्ने रहेछ । साथै, जतिसुकै प्रेसर आउँदा पनि सकारात्मक सोच बनाइराख्न सक्नुपर्ने रहेछ ।

मिस नेपाल भएपछि अब तपाईं फेरि जागिरमा फर्कने वा यहीँ समाजसेवा गर्ने ?

मिस नेपालको ट्रेनिङले सिकाएका थुप्रै कुरामध्ये एउटा जागिरको पछि नकुद भन्ने हो । राम्रो काम गरे अवसर जहाँ पनि भेटिन्छ । पहिलेदेखि नै नेपालमा केही गर्नुपर्छ भन्ने सोच थियो । अब जागिरको पछि लाग्ने भन्दा पनि काम राम्रो गर्ने भन्ने सोच छ ।

 

 

म पछिल्लो पटक बैङ्किङ क्षेत्रमा काम गरिरहेको थिएँ । आर्थिक क्षेत्र मेरो रुचिको क्षेत्र पनि हो । व्यवस्थापन आर्थिक क्षेत्रतिर नै लाग्छु ।

 

नेपालमा कुन क्षेत्रमा जाने सोच्नुभएको छ ?

मेरो व्यवस्थापन क्षेत्र हो । म त्यही क्षेत्रतिरै लाग्छु भन्ने लाग्छ । म पछिल्लो पटक बैङ्किङ क्षेत्रमा काम गरिरहेको थिएँ । आर्थिक क्षेत्र मेरो रुचिको क्षेत्र पनि हो । व्यवस्थापन आर्थिक क्षेत्रतिर नै लाग्छु ।

भविष्यमा राजनीति वा चलचित्रतिर जाने सोच छ कि ?

प्रत्यक्षरूपमा यी दुवै क्षेत्रमा आउने मेरो सोच छैन ।

पैसाभन्दा ठूलो नाम भनेर नेपाल फर्किनुभयो, विदेश वा स्वदेशमा रहेका युवाहरूलाई तपाईंको सुझाव के छ ?

 

जीवनमा आफ्नो प्राथमिकता के हो ? त्यो राम्ररी बुझौँ, दोष दिने पवबृत्ति नराखौँ । नेपालले गर्दा यो भयो । विदेशले गर्दा यो भएन नभनौँ । जे भयो, त्यसको कारण मै हुँ भन्ने मनसाय राखौँ ।

प्राथमिकता हरेक मानिसमा समयानुसार फरक हुन्छ । त्यही मानिसलाई कुनै समय नामभन्दा दाम महत्वपूर्ण थियो होला । गाँस, बास र कपासको आवश्यकता पूरा नभएको मान्छेलाई नामले के गर्नु ? त्यो बुझ्न जरुरी छ । जीवनमा आफ्नो प्राथमिकता के हो ? त्यो राम्ररी बुझौँ, दोष दिने पवबृत्ति नराखौँ । नेपालले गर्दा यो भयो । विदेशले गर्दा यो भएन नभनौँ । जे भयो, त्यसको कारण मै हुँ भन्ने मनसाय राखौँ ।

 

यहाँ सबैलाई अरूले के गर्नुपर्छ, सबै थाहा छ । आफूले के गर्नुपर्छ थाहा छैन ।

तपाईंको विचारमा नेपालमा विकास हुन नसक्नुको कारण के होला ?

नेपालमा विकास भइनै रहेको छ जस्तो लाग्छ । हामी कता हेर्छौं भन्ने कुरा हो । धूलो बाटो देख्दा र समय–समयमा बत्ती गइरहँदा नेपालमा विकास नभएको जस्तो देखिएला तर विकास भइरहेको छ । जति हुनुपर्ने हो, त्यो नहुनुको कारण भनेको नेपालमा काम छैन भनेर नै हो । यहाँ सबैलाई अरूले के गर्नुपर्छ, सबै थाहा छ । आफूले के गर्नुपर्छ थाहा छैन ।

तपाईंको विचारमा पूर्ण खुसी ?

पूर्ण खुसी केही पनि होइन । मान्छेको स्वभाव नै यस्तो हुन्छ कि एकपछि अर्को खोजिहाल्छ । मैले मिस नेपाल वल्र्डको ताज जितेँ, अब मिस वल्र्ड भए हुन्थ्यो जस्तो लागेको छ  । मिस वल्र्ड भएपछि अरू केही ठूलो गरौँ जस्तो लाग्ला । पूर्ण खुसी भनेको आज सन्तुष्ट हुन सक्नु नै हो ।

सबैभन्दा बढी खुुसी भएको क्षण ?

दुई महिनाअघि सिन्धुपाल्चोक गएकी थिएँ । त्यहाँ काम गर्नुअगाडि आफूले काम गर्ने ठाउँ हेरौँ न भनेर गएकी थिएँ । त्यहाँ मैले मेरो दिमागमा भएको कुरालाई अगाडिबाट प्रत्यक्ष देख्न पाउँदा निकै खुसी लाग्यो ।

अहिलेसम्म गरेको सबैभन्दा ठूलो गल्ती ?

जम्मा अठार–उन्नाईस वर्षको हुँदा सोसल मिडिया हेरेर अरूले कस्तो गरे, मैले किन गर्न सकिनँ भनेर असन्तुष्ट हुने । आफू जे–जति छु, त्यसमा खुसी हुन नखोजेर मैले योभन्दा बढी गर्न सक्थेँ भनेर दुःखी हुने ।

आफूले आफूलाई धेरै घोच्नु । आफू जम्मा अठार–उन्नाईस वर्षको हुँदा सोसल मिडिया हेरेर अरूले कस्तो गरे, मैले किन गर्न सकिनँ भनेर असन्तुष्ट हुने । आफू जे–जति छु, त्यसमा खुसी हुन नखोजेर मैले योभन्दा बढी गर्न सक्थेँ भनेर दुःखी हुने । जीवनको सबैभन्दा धेरै खुसी हुने क्षणमा पनि खुसी हुन सकिनँ । आफूमा जे कुरामा पनि कमी मात्र खोजेँ, त्यो गल्ती जस्तो लाग्छ ।

बढी डर लाग्ने कुरा ?

परिवारको स्वास्थ्य ।

तपाईंसँग मात्र भएको विशिष्ट प्रतिभा ?

कुनै पनि कुरा खुला मनले सिक्न खोज्छु ।

तपाईंको पर्समा कति पैसा हुन्छ ?

दुई हजार ।

सबैभन्दा बढी खर्च केमा गर्नुहुन्छ ?

महँगो खानुपर्दैन तर अलि धेरै खानुपर्छ । त्यस कारण खानामा बढी खर्च हुन्छ ।

कस्तो पहिरनमा हट देखिन्छु जस्तो लाग्छ ?

ब्लेजर प्यान्ट र सर्टमा कम्फर्टटेबल लाग्छ र कन्फिडेन्ट पनि ।

आफ्नो अनुहार कति पटक मोबाइलमा हेर्नुहुन्छ ?

आजकाल धेरै हेर्दिनँ । पहिले हेर्थें । अहिले त्यसको लागि समय छैन । फोटो खिच्नुपर्यो भने मात्र क्यामेरा अन गर्छु ।

भिडियो अन्तर्वार्ता

प्रेम के हो ?

प्रेम भनेको सन्तुष्ट पार्ने भावना हो । भोक लाग्दा खाना खाँदा जति आनन्द आउँछ नि, प्रेम पनि त्यस्तै भावना हो ।

सबैभन्दा बढी माया गर्ने व्यक्ति ?

आमा ।

प्रेम प्रस्ताव आए होलान् नि ?

धेरै त होइन, ठीकै ।

केटा मान्छेको मन पर्ने कुरा ?

बुझ्न खोज्ने, सिक्न खोज्ने र प्रयास गर्न खोज्ने बानी  ।

बिहे कहिले गर्ने ?

चार–पाँच वर्षपछि ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री