आइतबार, ६ जेठ २०८१

कति बढ्यो प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकको तलब ?

समयपोष्ट २०७६ जेठ १७ गते ११:३४

Advertisement

सरकारले प्राथमिक तहदेखि माध्यमिक तहसम्मका शिक्षकको तलब दर्जा अनुसार १८ देखि २० प्रतिशत वृद्धि गरेको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत शिक्षकको तलब वृद्धि गरिएको हो ।

यससंगै प्राथमिक तह (तृतीय)श्रेणीका शिक्षकको तलव २२ हजार १ सय ७० बाट २६ हजार ६ सय ४ रुपैयाँ, प्रावि द्वितीय २३ हजार ५ सयबाट २८ हजार २ सय रुपैयाँ, प्रावि प्रथम ३० हजार ५ सयबाट ३५ हजार ९ सय ९० रुपैयाँ,निम्न माध्यमिक तह तृतीय २३ हजार ५ सयबाट २८ हजार २ सय रुपैयाँ,निमावि द्वितीय ३० हजार ५ सयबाट ३५ हजार ९ सय ९० रुपैयाँ,निमावि प्रथम ३२ हजार १ सयबाट ३७ हजार ८ सय ७८ रुपैयाँ,माध्यमिक तृतीय ३० हजार ५ सयबाट ३५ हजार ९ सय ९० रुपैयाँ,माध्यमिक द्वितीय ३४ हजार २ सय २० बाट ४० हजार ३ सय ७९ र माध्यमिक प्रथम ४० हजार १ सय ५० बाट ४७ हजार ३ सय ७७ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री