शनिबार, १५ वैशाख २०८१

ग्लोबल आइएमई बैंक र सूर्य लाइफ इन्सुरेन्स कम्पनीबीच बैंन्कासोरेन्स सम्झौता

समयपोष्ट २०७६ जेठ ९ गते २१:२१

Advertisement

ग्लोबल आइएमई बैंक लि. र सूर्य लाइफ इन्सुरेन्स कम्पनी लि. बीच बैंन्कासोरेन्स सम्झौता भएको छ ।

सम्झौता पत्रमा ग्लोबल आईएमई बैंकको तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल र सूर्य लाइफ इन्सुरेन्स कम्पनी लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले हस्ताक्षर गरे ।

सम्झौतासंगै ग्लोबल आईएमई बैंकका १३७ वटै शाखाहरु मार्फत सूर्य लाइफ इन्सुरेन्स कम्पनी लि को जीवन बीमा योजनाहरु खरिद गर्नुका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो एंव भरपर्दो माध्यमबाट प्राप्त गर्न सकिनेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा मार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १३७ वटा शाखा, २६ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४५ एटिएम, १४० शाखारहित बैकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्पmत आफ्ना १० लाख भन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री