नवलपरासीमा हावाहुरी,दुई सय घरको छानै उडायो

नवलपरासी देवचुली नगरपालिकामा हावाहुरीले वितण्डा मच्चाएको छ । मंगलबार राती आएको हावाहुरीले नगरपालिकाका २ सय घरका छाना उडाएको छ ।
मंगलबार राति ८ बजेबाट सुरु भएको हावाहुरी र असिनाले देवचुली नगरपालिकाको ६ , ७ , ८ , ९ ११, १२ र १४ नम्बर वडामा रहेका घरको टिन र खरको छानो उडाएको हो ।

Advertisement

२ मिनेट मात्र आएको हावाहुरीले व्यापक क्षति पुगे पनि मानविय मानवीय क्षति भने भएको छैन । हावाहुरीबाट २ दर्जन भन्दा बढी घरहरु बस्नै नमिल्ने भएको बताइएको छ । सितावास र मुण्डे क्षेत्र बढी प्रभावित छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री