बुधबार, १२ वैशाख २०८१

अनुष्का श्रेष्ठ भईन् मिस नेपाल, को हुन् अनुष्का (१२ फोटोमा हेर्नुहोस्)

समयपोष्ट २०७६ वैशाख २७ गते ९:४१

Advertisement

हिडन ट्रेजर मिस नेपाल २०१९ को टाइटल अनुष्का श्रेष्ठले जितेकी छिन् । बिहीबार राती सम्पन्न फाइनलमा अन्य २४ प्रतियोगीलाई पछि पार्दै उनी मिस नेपाल वर्ल्ड २०१९ को ताज आफ्नो पक्षमा पार्न सफल भएकी हुन् ।

कार्यक्रमका मुख्य निर्णायक इला शर्माले सोधेको ‘हामीले अधिकार भन्दा कर्तव्यलाई ध्यान दियौं भने यो संसार राम्रो बन्न सक्छ होला, तपाई यसमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै अनुष्काले उपाधि जितेकी हुन् ।

उनलाई अघिल्लो संस्करणकी मिस नेपाल श्रृङ्खला खतिवडाले विजयी ताज पहिरिदिएकी थिइन् ।

यस्तै मिस नेपाल युनिभर्स २०१९ प्रदिप्ता अधिकारी, मिस नेपाल सुपर नेशनल रोज लामा, मिस नेपाल इन्टरनेशनल, मिरा कक्षपति र मिस नेपाल अर्थ रिया बस्नेत बन्न सफल भए ।

यस्तै अन्य टाटलतर्फ निशा पाठक, मिस नेपाल कन्फिडेन्ट, रिया बस्नेत मिस पपुलर च्वाइस, प्रदिप्ता अधिकारी मिस ट्यालेन्ट, अनुस्का श्रेष्ठ मिस फ्यासिनो, नितिका कर्माचार्य ब्यूटी विद पर्पोसको जित्न सफल भए ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री