शनिबार, १५ वैशाख २०८१

गुराँस लघुवित्त आइपीओ बाँडफाँट

समयपोष्ट २०७६ वैशाख २६ गते ११:२६

Advertisement

गुराँस लघुवित्तले बिहीबार आइपिओ बाँडफाँट गरेको छ।

लघुवित्तको आइपीओ २३ हजार ३ सय ६३ आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । लघुवित्तले बैशाख १६ गते देखि वैशाख २० गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा २ लाख ३३ हजार ६२५ कित्ता सेयर निष्काशन गरेको थियो । जसमा तीन लाख २ हजार ३८ आवेदकले ४५ लाख ४८ हजार कित्ता सेयर माग गरेका थिए ।

लघुवित्तले सर्वसाधारण तर्फ कुल २ लाख ३३ हजार ६२५ कित्ता निष्काशन गरेकोमा कर्मचारीतर्फको ५ कित्ता थप गरी गोलाप्रथाद्धारा २३ हजार ३ सय ६३ आवेदकलाई २ लाख ३३ हजार ६३० कित्ता सेयर बाँडफाँट गरिएको हो । गुराँसले कुल निष्काशित २ लाख ५० हजार कित्ता सेयरमध्ये ३ हजार ८७५ कित्ता कर्मचारी र १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएर बाँकी २ लाख ३३ हजार ६२५ कित्ता सेयर सर्वसाधारणका लागि खुला गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री