
माछापुच्छ्रे बैंक लिमिटेडले प्रदेश १ को झापा र मोरङमा १४ शाखा रहित बैंककिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ ।
बैंकले झापाका विभिन्न १३ स्थान र मोरङको लेटाङ्गमा १ गरी कुल १४ वटा स्थानमा शाखा रहित बैंककिङ्ग सेवाको औपचारिक सुरुवात गरेको हो । बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले शाखा रहित बैंकिङ्ग सेवा केन्द्रकोहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पुर्याइरहेको छ ।
यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म ९७ शाखा रहित बैंककिङ्ग सेवा सुचारु भईसकेको बैंकले जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १०० वटा शाखाहरु लगायत ९७ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १९७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंककिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १२१ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।









प्रतिक्रिया