बिहीबार, १३ वैशाख २०८१

दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति असार १४ गतेका लागि तय

समयपोष्ट २०७४ जेठ १७ गते ४:१३

 मन्त्रीपरिषद् वैठकले असार ९ गतेका लागि तय भएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मिति असार १४ गतेका लागि तय गरेको छ ।

Advertisement

 आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको  मन्त्रीपरिषद् वैठकले मुस्लिम समुदायको पर्व रमझानलाई मध्यनजर गरेर असार ९ गतेका लागि सारिएको दोस्रो चरणको चुनाव अव असार १४ गतेका लागि सारिएको हो ।

यस अघि जेठ ३१ गतेका लागि तय भएको दोस्रो चरणको चुनाव राजपालगायतका असन्तुष्ट दलहरुलाई चुनावमा सहभागी गराउन भन्दै असार ९ का लागि सारिएको थियो । तर, असार ९ गते शुक्रवार मुस्लिम समुदायको रमझामका कारण अर्को मितिमा चुनाव गर्ने निर्णय भएको हो ।

हिजो मात्र मुस्लिम सुमदायका प्रतिनीधिसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले असार ९ गतेको मितिमा पुनर्विचार हुने बताएका थिए । हिजो नै प्रधानमन्त्री प्रचण्डले चुनावको मिति परिवर्तनवारे निर्वाचन आयोग प्रमुख आयुक्तसँग छलफल गरेका थिए । त्यसपछि आज बसेको मन्त्रीपरिषद् वैठकले चुनावको मिति सार्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री