शनिबार, १५ वैशाख २०८१

बजेट सम्रगमा राम्रो छ, कार्यान्वयनमा ध्यान दिनुपर्छ : पूर्वअर्थमन्त्री अधिकारी

समयपोष्ट २०७४ जेठ १६ गते १२:३७

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेता एवम् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले पनि बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन् ।

Advertisement

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै पूर्वअर्थमन्त्री अधिकारीले भने,‘बजेट राम्रो छ, केही केही कमजोरीहरु भएका छन्, तर बजेट समग्रमा राम्रो छ।’  अधिकारीले राष्ट्रिय गौरवको आयोजनाहरुलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै यसलाई कार्यान्वयन गर्नतिर ध्यान दिनुपर्नेमा जोड दिए । त्यस्तै उनले पुँजीगत खर्च अत्यन्तै कम भएकोमा भने चिन्ता व्यक्त गरे ।

उनले राम्रा कार्यक्रमहरु आएकोमा खुशी व्यक्त गर्दै भने,‘कार्यक्रमहरु राम्रा आएका छन्, अब यसलाई समयमै कार्यान्वयन गर्नतिर ध्यान दिनुपर्छ।’ यद्धपी उनले भैरहेका कामहरुलाई कसरी अनुगमन गर्ने भन्नेतिर विशेष ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने,‘मैले त बडो स्पष्ट रुपमा भनेको छु, कि ठूला ठूला परियोजनाहरुको काम कसरी भैरहेको छ, यसको प्रगति विवरण लिनको लागि प्रधानमन्त्रीको लेभलमा एउटा सेल र अर्थमन्त्रीको लेभलमा अर्को सेल बनाउनुपर्छ, अनि प्रगति विवरण लिनुपर्छ ।’

त्यस्तै उनले काठमाडौं–तराई द्रुत मार्ग परियोजना, तीन वटा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई एकाउन्टेवल बनाउनुपर्नेमा जोड दिए । अधिकारीले बजेटले गरिबी निवारणसम्बन्धी प्रभावकारी कार्यक्रम ल्याउन नसकेको गुनासो पोखे ।

उनले भने,‘गरिबीको रेखामुनी बस्नेहरुको संख्या ह्वात्तै बढेको छ, गरिबी निवारणका कामहरु ह्ुन सकेका छैनन्, विदेशी सहायताहरु विचौलीयाहरुले बिचमै खाने गरेका छन्, यतातिर सरकारको ध्यान पुग्नुपर्छ ।’ उनले गरिबी निवारणसम्बन्धी कार्यक्रमहरुलाई एकद्धार प्रणालीमा सञ्चालन गर्नुपर्ने समेत बताए ।

त्यस्तै उनले युवा स्वरोजगार कार्यक्रमलाई समेत प्रभावकारी बनाउनुपर्ने समेत बताए । उनले भने,‘यसमा सरकारले कार्यक्रमहरु दिनुपर्छ।’ उनले कृषिमा समेत विशेष ध्यान दिन नसेकेकोमा गुनासो पोखे । उनले भने,‘अर्थतन्त्रलाई गति दिन चुक भएको छ, किनकी गाउँमा रोजगारी सिर्जना गर्ने भनेको नै कृषिमा विशेष ध्यान दिनुपर्छ नि।’

उनले बजेटले संघीयतालाई कार्यान्वयन गर्न जोड दिएको छ । यद्धपी उनले स्थानीय निकायलाई रकम भने अपूरो भएको गुनासो पोखे । त्यस्तै उनले आफूले त कृषिमा कम्तिमा ५० अर्व रकम विनियोजन गर्नुपर्ने भनेपनि जम्मा ३० अर्ब मात्रै छुट्याएको स्पष्ट पारे ।

अधिकारीले पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग, रेल–वे, फाष्ट ट्रयाकजस्ता परियोजनाहरुलाई अघि बढाउन पर्याप्त रकम विनीयोजन भएकोमा खुशी व्यक्त गरे । त्यस्तै चीनसँगको ओबोरमा हस्ताक्षर गरेपछि पूर्वाधार विकास अघि बढ्ने भएकोले यसलाई समयमै कार्यान्वयन गर्नुपर्नेतिर विशेष ध्यान दिनुपर्छ । उनले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डोर्याउनको लागि प्रमुख तीन ठूला दलहरु मिलेर नै अघि बढ्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री