शुक्रबार, ७ वैशाख २०८१

नेपाली सेनाको विमान खेतमा खस्यो

समयपोष्ट २०७४ जेठ १६ गते ७:५१

सुर्खेतबाट सिमिकोटको लागि उडेको नेपाली सेनाको विमान दुर्घटना भएको छ ।  सेनाको एन ए जिरो फोर एट नम्बरको (स्काइ ट्रक) विमान बाजुराको कोल्टि विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो ।  विमानमा रहेका दुर्इ जनाको जीवितै उद्दार गरिएको छ ।

Advertisement

अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेपछि विमानमा आगो लागेको थियो । विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री