शनिबार, ८ वैशाख २०८१

काठमाडौँ महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर,उपमेयरमा काँग्रेसकी हरिप्रभा विजयी

समयपोष्ट २०७४ जेठ १४ गते ७:१२

काठमाडौँ महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य ६४ हजार ९१३ मत सहित विजयी भएका छन् । देशकै सवैभन्दा धेरै मतादाता भएको महानगरको मेयरको नतिजा लगातार १४औँ दिनसम्मको गणनापछि सार्वजनिक भएको हो । 

Advertisement

शाक्यले कांग्रेसका राजुराज जोशीलाई १९ हजार ६४४ मतको भारी मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् । शाक्यका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाए । 

यसैगरी उपमेयरमा भने नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ५८ हजार ९५२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत प्राप्त गरे । काठमाडौंमा एमाले र राप्रपाबीच तालमेल भएको थियो । 

काठमाडौँको अन्तिम मत परिणाम अनुसार विवेकशील नेपालीकी रञ्जु दर्शना २३ हजार ४३९ मतसहित तेस्रो बन्यो भने साझा पार्टीका किशोर थापा १८ हजार ४९६ मतसहित चौथो स्थान प्राप्त गर्यो । यसैगरी माओवादी केन्द्र काठमाडौंमा पाँचौं स्थानमा रह्यो ।

कुल दुई लाख ७९ हजार ३०६ मतदाता रहेको महानगरपालिकामा एक लाख ९७ हजार २२७ मत खसेको थियो भने ६ हजार १८३ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री