शुक्रबार, १४ वैशाख २०८१

शुक्रबार नेप्सेमा कुन कुन कम्पनीका बोनस सेयर सुचिकृत भए ?

समयपोष्ट २०७४ जेठ १२ गते ७:०३

नेप्सेमा शुक्रबार एक बाणिज्य बैंक, दुई विकास बैंक,एक लघुवित्त र एक इन्स्योरेन्स कम्पनी सहित पाँच कम्पनीले  बोनस सेयर सुचिकृत गराएका छन् । बोनस सेयर सुचिकृत गराउँनेमा  कुमारी बैंक,कामना विकास बैंक,मिथिला लघुवित्त,रुरल माईक्रोफाइनान्स कम्पनी र एशियन लाईफ इन्स्योरेन्स कम्पनी रहेका छन् । 

Advertisement

कुमारी बैंकलेले  ५६ लाख ८० हजार तीन सय ९१ कित्ता बोनस सेयर सुचिकृत गराएको छ । कामना विकास बैंकले १४ लाख २७ हजार सात सय ४३ दशमलव ३० कित्ता बोनस सेयर सुचिकृत गराएको छ भने ६४ हजार पाँच सय एक दशमलव २० कित्ता बोनस सेयर मिथिला लघुवित्तले सुचिकृत गरायो । 

त्यसैगरि रुरल माईक्रोफाइनान्स कम्पनीले छ लाख २९ हजार दुई सय कित्ता बोनस सुचिकृत गरायो भने एशियन लाईफ इन्स्योरेन्स कम्पनी ले १३ लाख ४२ हजार छ सय ५५ दशमलव ४० कित्ता बोनस सुचिकृत गराएको छ ।

त्यस्तै शुक्रबार नै काक्रेविहार विकास बैंक र युनाईटेड फाईनान्सले संस्थापक-साधारण सेयर अनुपात ५१:४९ कायम गर्न संस्थापक सेयरलाई साधारणमा रुपान्तरण गरेका छन् । 

काक्रेविहार विकास बैंकले ६५ हजार २१६ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिवर्तन गरेको छ भने छ लाख तीन हजार चार सय २४ दशमलव ९० कित्ता  संस्थापक सेयरलाई युनाईटेड फाईनान्सले साधारण सेयरमा रुपान्तरण गरेको छ । रुपान्तरण पछि दुबै कम्पनीको संस्थापक सेयर ५१ प्रतिशत र साधारण सेयर अनुपात ४९ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री