बिहीबार, १३ वैशाख २०८१

‘आणविक अस्त्रको निश्तेज गरौँ’ भन्ने नाराका साथ शेर्माद्धारा सफल सगरमाथा आरोहण 

समयपोष्ट २०७४ जेठ ११ गते ११:५७

विश्व शान्तिको कामना गर्दै ‘आणविक अस्त्रको निश्तेज गरौँ’ भन्ने मुल नाराकासाथ शुुशिल शेर्माले सफल सगरमाथा आरोहण गरेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालमा सुशिल शेर्मा सगरमाथ ओरोहण सहयोग समितिले पत्रकार सम्मेलन गरेर नेपाली समय अनुसार शुशिल शेर्माले यही जेठ ५ गते बिहान ८ः ५३ बजे सगरमाथाको टाकुरामा नेपाली झण्डा फहराएर विश्व शान्तिको लागि आणविक हतियार र अस्त्र शस्त्रको अन्त्यको लागि आह्वान गरेको जानकारी दिएको छ । 
विश्वमा आणविक हात–हतियारसँगै अस्त्र–शस्त्रको प्रभाव बढ्दै गएको र शान्तिको खडेरी पर्ने सम्भावना भएको कारण आणविक अस्त्रको अन्त्यको अभियान नेपालबाट सुरुवात गरेको भन्दै सहयोग समितिका अध्यक्ष टंक सेलिङले भने,‘शुशिले शेर्माको जीवन निक्कै चुनौतिको बीचभागबाट अघि बढेको थियो, धेरैले सोचेका थिए कि उसले सफलता पाउँदैन, तर शेर्मा सफल भएरै छोडे, विश्व शान्तिको विगुल फुकेरै छोडे।’
त्यस्तै कार्यक्रममा सगरमाथा आरोही शुशिल शेर्माले पाँचथर जिल्लाको ईतिहास रचेको र विश्वशान्तिको लागि आफ्ुले सगरमाथाको सिरबाट विश्वलाई खुल्ला आह्वान गरेको बताए । 
उनले भने,‘मलाई निक्कै खुसि लागेको छ, मैले मेरो जन्मथलो पाँचथरलाई मात्रै चिनाउने प्रयास गरेको होईन, विश्वबाटै आणविक अस्त्र शस्त्रको अन्त्यको लागि आह्वान गर्ने अवसर पाएको छु, अब हाम्रो काम भनेको विश्वबाट आणविक हात हतियार र आविक बमहरू निश्तेज पार्ने अभियानमा छौँ त्यो पुरा गर्नुपर्छ।’

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री