शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्री प्रचण्डले आज राजीनामा दिने,अब देउवा प्रधानमन्त्री बन्ने

समयपोष्ट २०७४ जेठ ९ गते ४:२६

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मंगलबार प्रधानमन्त्रीबाट राजीनामा दिने भएका छन् । २० वर्षपछि स्थानिय तहको निर्बाचन गराएर संविधान कार्यान्वयनको  जिम्मेवारी पुरा गरेका प्रचण्डले १ बजे व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने भएका हुन्  ।

Advertisement

सत्ता साझेदार नेपाली कांग्रेससँग सरकार गठनको प्रक्रियामा भएको भद्र सहमति अनुसार नै प्रचण्डले राजीनामा दिएर नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई सरकार हस्तान्तरण गर्न लागेका हुन् ।

स्थानिय तहको निर्बाचन, संविधान कार्यान्वयन तह मधेसी मोर्चालाई सहमतिमा ल्याउँदै मुलुकलाई एकतामा ल्याउन सफल प्रचण्डले भद्र सहमतिलाई अक्षरस पालना गर्ने नेताको रुपमा समेत आफुलाई उभ्याउँदैछन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले, मधेसी मोर्चा, नेपाली कांग्रेसकै बहुमत नेताहरु र बौदिक जगतले समेत स्थानिय निकायको दोस्रो चरणको चुनाव सम्पन्न गराएर मात्र प्रधानमन्त्रीबाट राजीनामा गर्नुपर्ने दवावलाई समेत प्रचण्डले आफु सहमति विपरित नचल्ने भन्दै अस्विकार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री