बुधबार, १२ वैशाख २०८१

मिटर विगारेर विजुली चोरी गर्नेलार्इ कारवाही,११ लाख २४ हजार २२ रुपैंया असुली

समयपोष्ट २०७४ जेठ ८ गते ४:३९

मिटर विगारेर विजुली चोरी गर्ने पाँच जना ग्राहकलाई विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले कारवाही गरेको छ । उनीहरुले मिटर विगारेर विजुली चोरी गरेका थिए। उनीहरुबाट २ लाख २८ हजार ३ सय २१ रुपैयाँ राजस्व संकलन गरिएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार हुकिङ गरेर विजुली चोरी गर्ने तीनजनालार्इ कारवाही गरिएको छ ।  उनीहरुबाट ८२ हजार १ सय ७७ रुपैयाँ असुल गरिएको छ।

Advertisement

सानो क्षमताको स्विकृति लिएर ठूलो क्षमताको एमसिबी चलाउने ग्राहकलार्इ पनि प्राधिकरणले कारवाही गरेको छ। विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका अनुसार विद्युत मिटर बन्द भएका ग्राहकहरुबाट ११ लाख २४ हजार २२ रुपैंया असुली भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री