शुक्रबार, १४ वैशाख २०८१

राजधानीमा गुड्न थाले नेपाल यातायातका ठूला बस

समयपोष्ट २०७४ जेठ ५ गते ६:३८

नेपाल यातायातले राजधानीमा चार वटा ठूला नयाँ बस संचालनमा ल्याएको छ । पुराना बसलाई विस्थापित गर्दै नेपाल यातायातले ठूला बस संचालनमा ल्याएको  हो ।  बीस वर्ष पुरानो गाडी हटाउने सरकारी निती तथा ग्राहकको कठिनाईलाई मध्यनजर गर्दै नयाँ बस संचालनमा ल्याइएको नेपाल यातायात मिनिबस सेवा समितिले जनाएको छ ।

Advertisement

टाटा कम्पनीको करीब ३५ लाख मूल्य पर्ने यि बसमा ड्राइभर बाहेक ३४ सिट क्षमता छन् । यि बसमा उभिएर यात्रा गर्ने यात्रुका लागि समाउने ह्याङगरको सकेत ब्यवस्था गरिएको छ ।

नेपाल यातायातका यि बसहरु गोपीकृष्ण– महाराजगञ्ज– टिचिङ–बालुवाटार– पुतलीसडक– अनामनगर– बानेश्वर– कोटेश्वर– बालकुमारीको रुटमा चल्ने समितिले जनाएको छ ।    

प्रतिक्रिया

सम्बन्धित सामाग्री