बिहीबार, १३ वैशाख २०८१

लोकतान्त्रिक फोरमका तीन मन्त्रीले लिए सपथ, गच्छदार स्थानीय विकास,जितेन्द्र पर्यटन र गोपाल भूमिसुधार मन्त्री

समयपोष्ट २०७४ वैशाख २५ गते १३:१९

नेपाल लोकतान्त्रिक फोरमको अध्यक्ष विजयकुमार गच्छदारसहित तीन मन्त्रीले सपथ लिएका छन् ।
राप्रपा सरकारबाट बाहिरिएपछि उपप्रधानमन्त्रीसहित तीन वटा मन्त्रालय पाएको लोकतान्त्रिक फोरमका तर्फबाट तीन जना मन्त्रीले सोमवार साँझ राष्ट्रपति भवन शितल निवासमा सपथ लिएका हुन् ।

Advertisement

गच्छदारले उपप्रधानसहित संघीय तथा स्थानीय विकास मन्त्री, जितेन्द्र देवले पर्यटन र गोपाल दहितले भूमिसुधार मन्त्रीको सपथ लिए । 
यसअघि राप्रपाले पाएका मन्त्रालय गच्छदारको पार्टीले पाएको हो । राप्रपाका थापा उपप्रधान तथा स्थानीय विकास मन्त्री, विक्रम पाण्डे भूमिसुधार र दिलनाथ गिरी पर्यटन मन्त्री थिए ।
कैलालीको टिकापुर घटनामा परी बन्दी बनाइएका आफ्ना कार्यकर्तालाई रिहा गर्ने सहमतिपछि फोरम लोकतान्त्रिक सरकारमा सहभागी भएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री